राजनीति

प्रधानमन्त्री ओलीले भने, अध्यादेशमार्फत बजेट आउँछ


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत बजेट ल्याउने बताउनुभएको छ । आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले जेठ १५ मा नै स्वभाविक रुपमा अध्यादेशबाट बजेट आउने जानकारी गराउनुभएको हो ।

साथै उहाँले आफूले यसअघि नै घोषणा गरेका नीतिहरु कार्यान्वयन गर्ने र विकासलाई प्राथमिकता दिइने बताउनुभयो । यो वर्षको बजेट कोभिडमा केन्द्रित हुने ओलीले बताउनुभयो ।