राजनीति

संसद विघटनविरुद्ध विपक्षी गठबन्धन भोलि सर्वोच्च जाने


काठमाडौँ – संसद विघटनविरुद्ध रिट हाल्न विपक्षी गठबन्धनका नेताहरु सोमबार (भोलि) सर्वोच्च अदालत जाने भएका छन् ।

नेकपा माओवादी केन्द्रका एक नेताकाले आइतबार समय अपुग भएकाले सोमबार विहान १० देखि ११ बजेका बीचमा सर्वोच्च अदालत जाने जानकारी दिनुभयो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेका हुन् ।

रिटमा धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको दावी गरिएको छ । कांग्रेस नेता रमेश लेखकका अनुसार रिटमा देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गरिएको छ ।