राजनीति

हराएका विज्ञप्ति राष्ट्रपति कार्यालयको वेबसाइटमा पुन देखिन थाल्यो


काठमाडौँ – राष्ट्रपति कार्यालयको वेबसाइटबाट हराएका जेठ महिनामा अपलोड भएका विज्ञप्तिहरू फेरि देखिएका छन्।

राष्ट्रपति कार्यालयको वेबसाइट मा अपलोड भएका प्रतिनिधि सभा विघटन र नयाँ निर्वाचनको मिति तोकिएकोबारे लगायतका विज्ञप्ति हराएपछि कार्यालयले वेबसाइट डेभ्लपर्सलाई के भएको हो भनी सोधेको थियो।

ुउहाँहरूले सानो प्राविधिक गल्तीका कारणले ती सूचनाहरू हराएको र अहिले फेरि आइसकेको जानकारी दिनुभएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सहसचिव रूपनारायण भट्टराईले भने,‘के गल्ती भएको रैछ उहाँहरूले भन्नुहोला।’

वेबसाइटमा शनिबार राति १स् ४८ अपलोड भएको प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको मिति तोकेको र त्यही रात ११स्३८ मा अपलोड भएको प्रधानमन्त्री नियुक्ति सम्बन्धको विज्ञप्ति पनि हराएपछि यसबारे आम चासो बढेको थियो।