मौसम

के छ आजको मौसम ?


काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार मुलुकका केही स्थानमा सुधार आए पनि पूर्वी तथा पहाडी भूभागका वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, दिउँसो पनि प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाकी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुइ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।