खेलकुद

सात वर्षपछि ला लिगाको उपाधि एट्लेटकोको पोल्टामा


काठमाडौँ – यस सिजनको स्पेनिस ला लिगा फुटबलको उपाधि एट्लेटिको मड्रिडले जितेको छ । गएराति भएको अन्तिम खेलमा खेलमा भालाडोलिडलाई २–१ गोलले हराउँदै एट्लेटिकोले सात वर्षपछि उपाधि रक्षा गरेको हो ।

एट्लेटको जितमा एञ्जेल कोरेया र लुइस सुआरेजले गोल गरे । त्यसअई ओस्कार प्लानोले १८औं मिनेटमा गोल गर्दै घरेलु टोली भाल्लाडोलिडलाई अग्रता दिलाएपनि ५७औं मिनेटमा एन्जल कोरेअले एट्लेटिकोका लागि बराबरी गोल फर्काएका थिए । ६६ औं मिनेटमा सुआरेजले गोल गर्दै खेलमा एट्लेटिकोलाई जित दिलाउन सफल भए। एट्लेटिकोले सन् २०१४ पछि पहिलोपटक ला लिगाको उपाधि हात पारेको हो । गएराति एट्लेटिको मड्रिड बराबरीमा रोकिएको या हारेको भए उपाधि रियल मड्रिडको नाममा हुने थियो । रियलले हिजो नै भिलारियललाई २–१ गोलले हराएको थियो । यस्तै स्टार खेलाडी लियोनल मेस्सीविनाको खेलमा बार्सिलोनाले एइबरलाई १–० गोलले हराएको छ ।

ला लिगाको उपाधि जितेको एट्लेटिकोले ८६ अङ्कसहित सिजनको अन्त्य गरेको छ । यस्तै ८४ अङ्कसहित रियल मड्रिड दोस्रो र ७९ अङ्कसहित बार्सिलोना तेस्रो स्थानमा रहेर यो सिजनको यात्रा टुङ्ग्याएका छन् ।