राजनीति

जसपा बैठकको निर्णय : महन्थ ठाकुरसहित चार नेतालाई कारबाही गर्ने


काठमाडौँ – शनिबार बसेको जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बैठकले चित्तबुझ्दो जवाफ नआए पार्टी विधानअनुसार कारवाही गरिने निर्णय पनि भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

जसपा नेपालको कार्यकारिणी समितिको बैठक सोह्रखुटेस्थित नेवाः ब्याङ्क्वेटमा बसेको थियो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सोह्रखुटेस्थित नेवाः ब्याङ्क्वेटमा बसेको बैठकमा अर्का अध्यक्ष महन्थ ठाकुर र ठाकुर पक्षका कार्यकारिणी सदस्यहरु सहभागिता थिएनन् ।

जसपाको कार्यकारिणी समितिको बैठकले राजेन्द्र महतोको संसदीय दलको नेताको पद खारेज गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई साथ दिने सांसदहरुलाई कारवाही गर्ने निर्णय पनि गरेको छ ।