राजनीति

निषेधाज्ञामै सरकारको विरोधमा कालोपट्टी बाँधेर सडकमा प्रदर्शन


काठमाडौँ – मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाली कांग्रेस सुर्खेतले निषेधाज्ञामै कालोपट्टी बाँधेर विरोध जनाएको छ । वीरेन्द्रनगरको नेपाली कांग्रेस पार्टी कार्यालयन नजिकबाट सुरु भएको विरोध र्याली नेताचोकमा पुगेर सभामा परिणत भएको हो ।

प्रदर्शनकारीले टाउकामा कालो पट्टी बाँधेर प्रधानमन्त्री ओलीको विरोध गर्दै संसद पुर्नस्थापना गर्नुपर्ने नारा लगाएका थिए । सभामा बोल्दै नेपाली कांग्रेसका नेता तप्तबहादुर विष्टले कोरोना महामारीका बेला मध्यावधि चुनावका लागि सरकारको तयारी महंगो सावित हुने बताउनुभएको छ ।