राजनीति

भारतलाई मन नपरेको संविधान खारेज गर्दै ओली, औकातविनाका मान्छे राष्ट्रपति बनाउँदा दुर्घटना(भिडियोसहित)


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले स्वभाविक अवस्थामा रहेको नेपालीको राजनीतिलाई अस्थीर र अन्धकारतर्फ लगेको चर्चा भइरहेको छ । नेताहरुले मुलुकको भन्दा पनि निहीत स्वार्थका लागि काम गर्छन् भन्ने आम बुझाई छ । यसबीच प्रधानमन्त्री र राष्ट्रपतिको के त्यस्तो स्वार्थ पूरा भएन होला र यस्तो कदम चाल्न उनीहरु बाध्य भए ? यो कदम स्वभाविक हो कि विदेशी इशारामा ? नेपाली नेताहरु आफ्नो व्यक्तिगत स्वार्थ, ऐश्वर्य प्राप्ति र आफन्तको व्यवस्थापनका लागि राजनीति गर्छन् भन्ने आम मान्यता छ ।

यस्तो स्वार्थ पूरा गर्न १२१ सांसदका नेता प्रधानमन्त्री केपी शर्मा ओलीसँग अझै २ वर्ष समय थियो । १५–१६ अरु सांसदलाई विश्वासमा लिन सक्दा प्रधानमन्त्री ओली बहुमतका आधारमा थप दुई वर्ष शासन गर्न सक्थे । र अहिले झै आफ्ना, आफन्तको व्यवस्थापन, भ्रष्टहरुको संरक्षणका विवादित शृंखला जारी राख्न सक्थे । यो सबै छाडेर प्रधानमन्त्री अस्थीरता र अराजकता तिर लागेपछि एक आम प्रश्न अगाडि तेर्सिएको छ – के प्रधानमन्त्री व्यक्तिग स्वार्थ, आफन्तको व्यवस्थापन र धनऐश्वर्यले परिपूर्ण भइसकेका हुन् ? राजनीतिक विश्लेषकहरु दावी गर्छन् – प्रधानमन्त्रीका व्यक्तिगत स्वार्थ पूरा भइसकेका कारण उनी यस्तो ध्वसात्मक कर्ममा लागेका होइनन् ।

प्राध्यापक डाक्टर सुरेन्द्र केसी भन्छन् – संघीयता, गणतन्त्रप्रति प्रधानमन्त्री सहमत छैनन् । भारतलाई मन नपरेको संविधान खारेज गर्ने जिम्मेवारी उनले पूरा गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संविधान विपरितका लहडी निर्णय पनि गर्छन् भन्ने पुस ५ को कदमलाई सर्वोच्च अदालतले खारेज गरेबाट पुष्टि हुन्छ । प्रधानमन्त्रीको यस्तो लहडमा राष्ट्रपति विद्यादेवी भण्डारी किन साझेदार बनिरहेकी छिन् त भन्ने अर्को प्रश्न पनि छ । विश्लेषकहरु भन्छन् – विद्यादेवी भण्डारी एक मामुली घर गृहिणी थिइन् । औकातबिनाका मान्छेलाई राष्ट्रपति बनाउँदा दुर्घटना भयो । प्रधानमन्त्रीको ध्वंसात्मक प्रवृत्ति विदेशीको इशारामा भइरहेको केही राजनीतिक दलका नेताहरु दावी गर्छन् ।

नेपालले चुच्चे नक्सा जारी गरेका कारण भारतले नेपालीको संसदलाई तारो बनाएको थियो । नेपालको संविधान पनि भारतको चाहनाविपरीत लागू भएको थियो । यहि कारण भारतलाई मन नपरेका नेपालका उपलब्धी प्रधानमन्त्री ओलीमार्फत ध्वस्त पारिँदैछ । ११ दिन अघि भारतीय जनता पार्टीका नेता सुब्रमन्यम स्वामीले केपी ओली भारतको रोजाईमा रहेको र यदि प्रचण्ड नेपालका प्रधानमन्त्री भए भने त्यो चीनको विजय हुनेछ भन्ने टिप्पणी गरेका थिए ।

जनता समाजवादी पार्टीका नेताको बाक्लो ओहोरदोहोर भारतीय दूतावासमा हुनु, प्रधानमन्त्री स्वयंले भारतीय जासुसी संस्थाको प्रमुखसँग आपत्तिजनक वार्तामा सहभागी हुनु जस्ता क्रियाकलापले नेपालको राजनीतिक घटना स्वतस्फूर्त होइन कि भन्ने संकेत गरिरहेको छ ।