राजनीति

संसद पुनर्स्थापना हुने प्रचण्डको विश्वास


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अघिल्लोपटक संसद विघटनविरुद्ध अदालत र सडकबाट प्रतिवाद गरिएको भन्दै फेरि संसद पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने अवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्रीसँग मिलेर असंवैधानिक रुपमा संसद विघटन गरेको उहाँले बताउनु भएको छ ।

विपक्षी गठवन्धनको वैठकपछि प्रचण्डले सरकारले गरेको असंवैधानिक कदमविरुद्ध राजनीतिक र कानूनी प्रतिवाद गर्ने बताउनु भएको छ । प्रचण्डले आफूहरु संसद विघटनविरुद्ध अदालत जाने र अदालत पहिलेजस्तै संसद पुनःस्थापनाको फैसला गर्ने दावी समेत गरे ।

‘यो कदम असंवैधानिक मात्र होइन, निरंकुश, स्वैच्छाचारी र प्रतिगमनकारी छ । यो प्रतिगमनकारी कदमका विरुद्ध सर्वोच्च जान्छौ । हिजो १४९ जनाले दावी प्रस्तुत गरेका थियौं उहाँहरु सबैको हस्ताक्षरसहित सर्वौच्च जान्छौं ।

‘अदालतले अन्ततः फेरि एकपटक लोकतन्त्र र संविधानको पक्षमा फैसला गर्दै संसद पुनःस्थापना गर्नेछ । त्यो पहिलो एपिसोडमै देखिएको हो,’ ।