राजनीति

देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र मतियारलाई जनताले माफ गर्दैनन् : पूर्व राजा शाह


काठमाडौँ – पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीतिक स्वार्थका निम्ति दलहरुले सत्ता र शक्तिको बलमा देशलाई दुर्घटना तर्फ धकेल्ने प्रयास गरेको बताएका छन् । उनले देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले माफ नगर्ने बताएका छन् ।

शाहले सामाजिक सञ्जाल ट्वीटरम ट्वीट गर्दै लेखेका छन् । “यस वैश्विक महामारीको संकटका बेला जन दायित्वबाट पन्छिनका लागि असामयीक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन्,”