राजनीति

विपक्षी गठबन्धनको संयुक्त बैठक शुरू


काठमाडौँ – प्रतिनिधि सभा विघटन भएपछि आगामी रणनीति तय गर्न विपक्षी दलको संयुक्त बैठक सुरू भएको छ। बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बैठक बसिरहेको छ।

नेपाली कांग्रेसको आह्वानमा माओवादी केन्द्र, एमाले असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाल, जसपाको उपेन्द्र-बाबुराम पक्ष तथा राष्ट्रिय जनमोर्चाको बैठक बसेको हो।

दलहरूले बैठकबाट संसद् विघटन गर्ने कदमविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बताएका छन्। संविधानविद्हरूले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दायर गर्नुपर्ने सुझावसमेत दिएका छन्। आजको बैठकले विभिन्न विषयमा छलफल गरेर कार्यक्रम सार्वजनिक गर्नेछ।