राजनीति

संसद् विघटन असैवैधानिक भएको कांग्रेसको निष्कर्ष


काठमाडौँ – नेपाली काग्रेसले शुक्रबार राति भएको संसद् विघटनलाई असैवैधानिक भनेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिल कण्ठमा बसेको पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस नेता डा.प्रकाश शरण महतले संसद् विघटन असंवैधानिक र अलोकन्त्रान्तिक भएको बैठकले निष्कर्ष निकालेको जानकारी दिए।

संविधान र लोकतन्त्रको रक्षाको लागि सम्पूर्ण लडाई लड्ने डा.महतले बताए। कोरोनाको महामारीका बेला सुरक्षित उपाए अबलम्बन गरेर विरोधका कार्यक्रम गर्ने उनको भनाइ छ। उनले भने, ‘यो असंवैधानिक र अलोकत्रान्तिक कदम हो। हामी राजनीतिक प्रतिरोध गर्छौ। त्यसका लागि अन्य विपक्षीदलहरुसँग पनि छलफल गर्दै छौं।’