राजनीति

एमाले स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार अपरान्ह ४ बजेका लागि स्थायी समिति बैठक बोलाउनु भएको छ । बालुवाटारमा बस्नेगरी बैठक बोलाएको बैठकमा पार्टीभित्रको आन्तरिक जीवन र निर्वाचन घोषणा भैसकेको अवस्थाबारे छलफल हुनेछ ।

आजको बैठकले माधव नेपाल पक्षमाथि कारबाही गर्न सक्ने कतिपयको अनुमानसमेत गरिएको छ । प्रधानमन्त्रीसमेत रहेका ओलीले गएराति प्रतिनिधिसभा विघटन गरी आगामी कार्तिक र मंसिरमा निर्वाचन घोषणा गरेका छन् । यसलाई विपक्षी गठबन्धनले प्रतिगमन भाग २ भनेका छन् ।