राजनीति

विपक्षी गठबन्धनको बैठक बस्दै


काठमाडौँ – विपक्षी दल गठबन्धनको बैठक संसद्‌ भवन नयाँ बानेश्वरमा शनिबार बिहान ११ बजेका लागि डाकिएको छ। सरकारले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव मिति तोकेपछि आगामी रणनीति तय गर्न बैठक बस्न लागेको हो ।
बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी (जसपा)को बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा (राजमो) सहभागी हुनेछन्।
विपक्षी दलका अधिकांश नेताहरूले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र र संविधानमाथि नै आक्रमण गरेको भन्दै प्रतिरोध गरिने जनाएका छन्।