राजनीति

राष्ट्रपतिको कदमले कुठाराघात गर्याे : नेता नेपाल


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनले संविधानको मर्मलाई कुठाराघात गरेको बताएका छन् । राष्ट्रपति भण्डारीले सरकारको सिफारिशमा शुक्रबार मध्यराति प्रतिनिधि सभा विघटन गरि मध्यावधि चुनाव घोषणा गर्नुभएको थियो। यो कदमले संविधानको मर्मलाई कुठाराघात गरेको नेपालले बताएका हुन् ।
साथै उनले यो कदमलाई ‘प्रतिगमन भाग-२’ को संज्ञा पनि दिएका छन् । यस प्रतिगमनको प्रतिवाद गर्न उनले आह्वान पनि गरेका छन् ।
नेपालले सामाजिक सञ्जालमा लेखेका छन्, “शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ यो प्रतिगमन भाग(२ हो। केपी ओलीको यो कदमको भर्त्सना गर्दछु। यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु।”

उनले षडयन्त्रकारीहरूको उक्साहटमा प्रतिगमन दोहोरिएको बताएका छन्।  चुनावको उद्घोष जालझेल मात्रै भएको उनको आरोप छ। “संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो। यो व्यवस्था नै ‘कू’ गर्ने अग्रसरता हो,” ।