कोरोना विशेष

डा.पुन : बिस्तारै कोरोना संक्रमण घट्दै जान्छ


काठमाडौँ – शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विषेशज्ञ डाक्टर शेरबहादुर पुनले अब क्रमशः कोरोना संक्रमण दर घट्दै जाने बताउनुभएको छ । निषेधाज्ञा अगाडिको भीडभाड र जमघटका कारण कोरोना भाइरसको संक्रमण दर अहिले उच्च भएको तर अहिले निषेधाज्ञा जारी रहेकाले कोरोना संक्रमण दर घट्दै जाने उहाँको ठहर छ ।

अहिले निषेधाज्ञाका हुँदा पनि संक्रमित बढ्नुको कारण निषेधाज्ञा गर्नुपूर्वको गतिविधि रहेको डा.पुनको भनाई छ । पहिले सुरुवाति समयमै तरिका नपुगेका कारण अहिलेको यो अवस्था भोग्नु परेको उहाँले बताउनु भयो । ‘अहिले कोरोना संक्रमण दरलाई अधिकतम विन्दु मान्न सकिन्छ, निषेधाज्ञाअगाडि मानिसहरु मिसमास भए । भीडभाड र जमघट भयो, त्यसैले कोरोना संक्रमणको दर उच्च भएको हो । उहाँहरुले घरघरमा लगेर संक्रमण थप बढाउनुभयो । उहाँले भन्नुभयो ।

एक दिन, दुई दिनको संक्रमण दरको तथ्याङ्क तलमाथि हुँदा त्यति फरक नपर्ने उहाँको भनाइ छ । दुई हप्तादेखि माथिको लामो समयावधि हेरेर तथ्याङ्क मानेर औसतमा हेर्दा त्यति फरक नदेखिएकोले तत्काल कोरोना संक्रमण अब तीव्र बृद्धि हुने सम्भावना नभएको बताउनुभयो । यद्यपि निषेधाज्ञालाई कडाइ नगरे अवस्था यही हुन्छ भन्न नसकिने उहाँको भनाइ छ ।