राजनीति

राष्ट्रपतिले संविधान च्यात्न थालिन् : नेता पौडेल


काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति र प्रधानमन्त्री मिलेर ठूलो षड्यन्त्र गरेर संविधान च्यात्न थालेको आरोप लागएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै मध्यरातमा मध्यावधि निर्वाचन घोषणा गरेपछि वरिष्ठ नेता पौडेलले राष्ट्रपतिले संविधान च्यात्न थालेको बताएका हुन्। ‘राष्ट्रपतिले संविधान च्यात्न थालिन्। संविधान भत्काउने षड्यन्त्र भयो’ उनले भने।

वरिष्ठ नेता पौडेलले कांग्रेसले यस्तो असंवैधानिक कदममा चुप नबस्ने पनि बताएका छन् । उनले कांग्रेसले आफ्नो जिम्मेवारी नभुल्ने र त्यसको प्रतिवाद गर्ने बताए। ‘कांग्रेसले संसद् विघटनको कानुनी र राजनीतिक प्रतिवाद गर्छ उनले भने,‘सबैभन्दा पहिले कानुनी लडाई सुरु गर्नुपर्छ। कांग्रेसले आफ्नो जिम्मेवारी भुल्नु हुँदैन।’