राजनीति

राष्ट्रपतिद्वारा सरकार गठनका लागि गरिएका दुवै दाबी खारेज


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि गरेको आह्वानमा परेका कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न मिल्ने नदेखिएको बताएको छ । प्रधानमन्त्रीका लागि केपी शर्मा ओली र शेरबहादुर देउवाले दावी पेश गरेको भए पनि दाबी नपुगेका कारण खारेज गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।