राजनीति

अल्पमतमा छु भन्ने ओली किन पुगे शितल निवास ? कसरी पुर्याए एक घण्टामा बहुमत ?(भिडियोसहित)


काठमाडौँ – ओली जबजब अप्ठेरोमा पर्छन् तबतब आफू निकै सरल र सहज भएको दो¥याउछन । संविधान र आफ्नो तजविजको अधिकारले दिए भन्दा बाहिर नगई निष्ठाको राजनीति गरिरहेको दावी गर्ने गर्दछन्, तर ओलीको कार्यशैली र व्यवहार उनको दावीभन्दा ठिक विपरित देखिन्छ । राष्ट्रवादको कार्ड फालेर प्रधानमन्त्री बनेका केपी शर्मा ओली बरु टुक्रिन तयार छन तर झुक्दैनन् । पछिल्ला गतिविधीले यहि प्रमाणित गर्दै आएको छ । फलत देशले अझै राजनीतिक निकास पाएको छैन ।

बारम्बार संविधानको भावना र मर्म विपरितका काम गर्दै आएका ओलीमा अरुलाई प्रभावित पार्ने गज्जबको कला छ । यहि कारण आफैले पहिले गरेका कार्य विपरित अघि बढेपनि केहि न केहि उपाय लाएर आफै गतिलो भन्ने भ्रम छर्न माहिर छन् । जस्को उदाहरण चुच्चे नक्सा पास हुनु र त्यहि नक्सा पछि किताब नछापिनु पनि हो । आफ्नो स्वार्थका लागि आफैले गरेका सम्झौता र बाचा विपरित अघि बढ्न समेत पछि नपर्ने उनी हर बखत आफू नै सहि भएको घमण्ड देखाउँछन् ।

जुन कुरा संसद विघटन र राजीनाम नै नदिई नयाँ प्रधानमन्त्री दाबीको आह्वान गर्न राष्ट्रपतीलाई गरेको सिफारिसमा समेत देखिएको छ । र पनि उनी यी सबै काम राष्ट्रका लागि गरेको दाबी गर्छन । आफ्ना स्वार्थ केहि नभएको, भएको सम्पत्ती पनि ट्रष्टको नाममा दिएको बताउने उनी यस्ता मिठा कुरा गर्छन कि कहिलेकाहि आरोपीहरु नै अलमलमा पर्छन् । शुक्रबार समेत उनले यसै गरे । निर्वाचनका लागि संविधान मिचेको आक्षेपका बीच उनले आफूले मार्ग प्रसस्त गर्न यसो गरेको बताएका छन ।

बहुमत नभएका कारण आफूले हात उठाएको बताएका उनले सरकार चलाउँदा चलाउँदा दिक्क भएको बताए । अब सरकार बनाउन अरुलाई विकल्प दिएको तर उनीहरुले विकल्प प्रयोग गर्न नसकेर संसद विघटन भए आफूलाई दोष दिन नपाउने बताए । यतिमात्र हैन एक घण्टा अघिसम्म अल्पमतमा परेका कारण हात उठाएको बताउने उनी १५३ सांसदको हस्ताक्षर सहित विपक्षी भन्दा पहिले प्रधानमन्त्रीको दाबी सहित शितल निवास पुगे ।

हुन त तत्कालिन नेकपा बन्दा प्रचण्ड र ओलीबीच भएको सम्झौता कार्यान्वयन भएको भए यो अवस्था आउनै थिएन । बहुमतबाट विश्वासकै मत नै जोगाउन नसक्ने अवस्था आउनुको पछाडिका कारण केलाए स्थिती विग्रिने थिएन । तर उनी त बारम्बार चुनौती दिईरहेका मा दिईरहेका छैनन आफ्ना गलत काम पुष्टि गर्न लागि परेका छन । यसर्थ आफ्नै निर्णयप्रति चल्न नसक्ने ओलीको यो कदमले राजनितिक थप धुमिल भएको देखिन्छ ।