राजनीति

एकता जोगिन्छ कि भनेर अध्यक्षविरुद्ध गईन : योगेश भट्टराई


काठमाडौँ – नेकपा एमालेका नेता योगेश भट्टराईले आज आफू निकट माधवकुमार नेपालको साथ छोडेर ओलीको साथमा उभिएको जस्तो देखिएको छ । उनले आज पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध हस्ताक्षर नगरेको बताएका छन् । एमाले एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीविरुद्ध हस्ताक्षर नगरेको उनले बताएका हुन् ।

उनले शुक्रबारलाई जीवनकै सबैभन्दा कठिन दिन भएको समेत बताएका छन् । पूर्वमन्त्रीसमेत रहेका भट्टराईले आफूले सहि वा गलत के गरेको भन्ने कठोर मूल्यांकन इतिहासले गर्ने उल्लेख गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै यस्तो लेखेका हुन् ।
‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ’, भट्टराईले फेसबुकमा लेखेका छन्, ‘सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु ।’