राजनीति

माधव नेपाल र उपेन्द्र यादवले भने, ओलीलाई समर्थन छैन


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीमा केपी शर्मा ओलाीलाई आफूहरुको समर्थन नभएको बताएका छन् ।

प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन रहेको पत्र लिएर राष्ट्रपति कार्यालय शितल निवास पुगेका नेपाल र यादवले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सो कुरा बताएका हुन् । प्रधानमन्त्री समेत रहेका ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा नेकपा एमालेका सबै १ सय २१ र जनता समाजवादी पार्टीको ३२ जनाको समर्थन आफूलाई रहेको भन्दै १ सय ५३ जना सांसदको हस्ताक्षर सहित राष्ट्रपति कार्यालय दावी पेश गर्न पुगेका थिए ।

नेता नेपाल र अध्यक्ष यादवले आफूहरु हस्ताक्षरसहित आएको भन्दै ओलीको दावी सही नभएको बताएका थिए । १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री दावी गरिएको पत्र लिएर राष्ट्रपति कार्यलया पुगेका थिए ।