समाचार

कोरोना उपचारका लागि प्रयोग हुने औषधि पर्याप्त छ : औषधि उत्पादन संघ


काठमाडौँ – कोरोना संक्रमितको उपचारका लागि प्रयोग हुने अत्यावश्यक औषधिको अभाव नरहेको नेपाल औषधि उत्पादन संघले जनाएको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै संक्रमितको उपचारमा प्रयोग हुने एमोक्सीसिलिन औषधी १ करोड २० लाख मौज्दात रहेको भन्दै संघले एजिथ्रोमाइसीन, सोडाइन फोस्फेट, कफ सिरप, डेक्सामिथासोन ट्याब लगायतका १३ प्रकारका औषधी पर्याप्त रुपमा रहेको संघले जनाएको हो ।
अहिले बजारमा माग अनुसारको ढुवानी गर्न भने केही समस्या रहेको संघले जनाएको छ । आन्तरिक ढुवानी तथा कुरियरमा समस्या देखिएकोले बजारमा माग अनुसारको ढुवानी गर्नमा ढिलाई भएको संघको भनाइ छ ।