राजनीति

देउवालाई प्रधानमन्त्री नबनाउन जालझेल गर्ने दुष्प्रयास गरे प्रतिवाद गर्नुपर्छ : डा. भट्टराई


काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपां)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि गरिएको प्रस्ताव टार्ने कुनै ठाउँ नभएको टिप्पणी गर्नुभएको छ ।

जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष समेत रहेका भट्टराईले ट्वीट गर्दै लेख्नुभएको छ ‘धारा ७६ (२ं) वमोजिम १ सय ४९ सांसदले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रम नियुक्ति निम्ति गरेको प्रस्तावलाई कुनै किन्तु/परन्तु जालझेल गरी टार्ने ठाउँ छैन । खुराफात शीरोमणिहरूले पुनःजालझेल गर्ने दुष्प्रयास गरे भने आम जनता र सचेत नागरिकले यथोचित खबरदारी र प्रतिवाद गर्नुपर्छ,’ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाकाका ३२ सांसदको आफुलाई समर्थन रहेको दावी राष्ट्रपति भवन शीतलनिवासमा पेश गरेपछि भट्टराईको यो प्रतिक्रिया आएको हो ।