समाचार

कोरोनाले नेपालमा एकैदिन १७७ जनाको मृत्यु, ८ हजार ६०७ जनामा संक्रमण पुष्टि


काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण थप १७७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ६०७ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १९२ पुगेको छ । आज देशभर ७ हजार ८९० जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । देशभर ९१२ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।