राजनीति

कसरी आफ्नो हस्ताक्षर पहिल्यै आयो भन्दै माधव नेपालले गरे राष्ट्रपतिसमक्ष प्रश्न


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो हस्ताक्षर कसरी आइपुग्यो भन्दै प्रश्न गर्नुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षर लिएर शीतलनिवास पुगेका नेता नेपालले राष्ट्रपतिसमक्ष कसरी आफ्नो नाम पहिल्यै आएको भनेर प्रश्न गर्नुभएको हो ।

नेपालको प्रश्नमा राष्ट्रपतिले कुनै जवाफ नदिएको स्रोतको दाबी छ । हस्ताक्षर बुझाउने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान बमोजिम अघि बढ्न आग्रह गर्नुभयो भने नेता नेपालले पनि राष्ट्रपतिलाई संविधानले दिएको अधिकार प्रयोग गर्न आग्रह गर्नुभएको थियो ।