राजनीति

आफूलाई १५३ सांसदको समर्थन रहेको भन्दै ओलीले गरे प्रधानमन्त्रीमा दाबी


काठमाडौँ – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्रीका लागि दाबी पेश गरेका छन् । शुक्रबार दिउँसो विपक्षी गठबन्धनहरू पुग्नुभन्दा पहिला नै शितल निवासमा पुगेका ओलीले एमालेका १२१ र जनता समाजवादी पार्टीका ३२ सांसदको समर्थन आफूलाई रहेको दाबी पेस गरेका हुन् ।

प्रधानमन्त्री ओलीले १५३ सांसदको समर्थनमा राष्ट्रपति कार्यालयमा दाबी पेश गरेको प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईले बताए । उनका अनुसार, एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनमा दाबी पेश गरेका हुन् । प्रधानमन्त्रीमा दाबी पेश गरेर ओली शितल निवासबाट बाहिरिइसकेका छन् ।