राजनीति

काँग्रेस सभापति देउवालाई भावी सरकारको प्रधानमन्त्री बनाउने प्रस्ताव


काठमाडौँ – विपक्षी गठबन्धनले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई भावी सरकारको प्रधानमन्त्री बनाउने प्रस्ताव सहित १४९ सांसदको हस्ताक्षर बोकेर शीतलनिवास पुगेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर जुटाएर विपक्षी दलहरु शीतल निवास गएका हुन् ।

सिंहदबारमा केहीबेर अघि भएको विपक्षी गठबन्धनको बैठकमा एमाले असन्तुष्ट पक्षका २७ जना सांसदसहित काँग्रेस, माओवादी र जसपाका गरी १४९ सांसदको हस्ताक्षर बोकेर शितल निवास पुगेका हुन् ।