राजनीति

तीन दलको बैठकमा माधवकुमार नेपाल पनि सहभागी


काठमाडौँ – राष्ट्रपतिले दिएको समयसीमाभित्रै नयाँ सरकार बनाउने दलहरुको छलफलमा नेकपा एमालेका नेता माधवकुमार नेपाल पनि सहभागी हुनुभएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा अहिले छलफल जारी छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, माधवकुमार नेपालसहितका नेताहरु अहिले छलफल गरिरहेका छन् ।

उनीहरुले राष्ट्रपतिले दिएको समयसीमाभित्रै प्रधानमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् ।