राजनीति

विपक्षी गठबन्धनले सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटायो


काठमाडौँ – राष्ट्रपतिले गरेको आह्वानअनुसार विपक्षी गठबन्धनले सरकार गठनका लागि १४९ जना सांसदको हस्ताक्षर जुटाएको दावी गरेका छन् । काँग्रेस स्रोतका अनुसार संसदीय दलको कार्यालयमा सरकारमा दावी गर्नका लागि राष्ट्रपति कार्यालयमा जाने प्रयोजनका लागि सो संख्यामा हस्ताक्षर जुटाइएको हो ।

स्रोतका अनुसार काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै हस्ताक्षर संकलन गरिएको हो । हस्ताक्षर काँग्रेस र माओवादी केन्द्रसहित एमालेको माधव कुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहका सांसदको समेत रहेको छ । हस्ताक्षर जुटेपछि अहिले संसद सचिवालयमा हस्ताक्षर फाइल गर्ने काम भइरहेको छ ।

काँग्रेस नेता रमेश लेखकले सरकारका लागि दाबी पेश गर्ने तयारी भइरहेको बताउनुभयो । सांसदहरुको हस्ताक्षर जुटाउने काममा एमाले नेतृ रामकुमारी, काँग्रेस नेता पूर्णबहादुर खड्का, रमेश लेखक पुष्पा भुषाल र माओवादी नेता देव गुरुङ र वर्षमान पुन खटिएका थिए ।