राजनीति

सरकार बनाउन विपक्षी तीन दलसहित एमालेको नेपाल पक्ष सिंहदरबारमा निर्णायक छलफलमा जुटे


काठमाडौँ – नयाँ सरकार गठन र राष्ट्रपतिलाई महाअभियोग लगाउने विषयमा विपक्षी दलहरुको निर्णायक हुने भनिएको छलफल सुरु भएको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्ष र एमालेका माधव नेपाल समूहका नेताहरु सिंहदरबार पुगेका हुन् । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा छलफलमा जुटेका थिए ।

त्यहाँ भएको सहमतीअनुसार आ–आफ्नो पार्टीमा छलफल गरेर सबै दल निर्णायक छलफलमा सहभागी भएका हुन्।बूढानीलकण्ठमा भएको छलफलमा राष्ट्रपतिलाई महाअभियोग लगाउने र जसरी पनि वैकल्पिक सरकार गठन गर्ने पक्षमा दलहरुबीच मोटामोटि सहमति भएको बताइएको छ।

दलहरुबीच माधव नेपाल नेतृत्वमा सरकार बनाउने सहमतिको नजिक पुगेका छन्