राजनीति

खनाल–नेपाल पक्षका सांसदको भेला जारी


काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षका सांसदको भेला जारी छ । शुक्रबार अपरान्ह सिंहदरबारस्थित लेखा समितिको हलमा सांसदहरू भेला भएका हुन् ।

भेलामा राष्ट्रपति विद्या भण्डारीले सरकार बनाउन दिएको समय अवधिबारे छलफल हुने बताइएको छ। माधव नेपालसहित २० जनाभन्दा बढी सांसद सिंहदरबार पुगेका छन् । राष्ट्रपतिले बिहीवार साँझ संविधानको धारा ७६ (५) बमोजिम नयाँ सरकार गठनको आह्वान गरेसँगै दलहरु छलफलमा जुटेका हुन् ।

यस्तै आजै सिंहदरबारमा बसेको जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर– राजेन्द्र महतो पक्षले आफूहरु नयाँ सरकार गठनको दौडमा नलाग्ने बताइसकेका छन् ।