राजनीति

‘मलाई आफूले गरेका काम एक्लै बस्दा मात्रै होइन, निन्द्रामा पनि गलत लागेको छैन’ : प्रधानमन्त्री ओली


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेका कुनै पनि कामहरु गलत नभएको दाबी गर्नुभएको छ । शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको जवाफमा बोल्दै प्रधानमन्त्री ओलीले आफूले गरेका सबै काम एक्लै बस्दा मात्र होइन, निन्द्रामासमेत गलत नलागेको बताउनु भएको हो ।

पत्रकारले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भन्नुभयो ‘मलाई आफूले गरेका काम एक्लै बस्दा मात्रै होइन, निन्द्रामा पनि त्यो गलत लागेको छैन’, र ,‘अदालतले ठीक छैन भन्यो । अदालतको फैसलापछि अदालतले त्यतिबेर ठीक छैन भने पनि अब संविधानको जिवीत ब्याख्या गर्ने हो भने अहिलेसम्मको गति हेर्दा डुंगा त गन्तब्यतिर गइरहेको जस्तो लाग्दैन ।’

उहाँले अदालतको फैसला अनुसार नै अघि बढ्ने आफ्नो उद्धेश्य रहेको बताउनुभयो ।