राजनीति

बूढानिलकण्ठमा बसेको सर्वदलीय बैठक निष्कर्षविहीन, ३ बजे संसदीय दलको बैठक


काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल लगायत उपस्थित थिए ।

वैकल्पिक सरकारका विषयमा गरिएको छलफलमा जनता समाजवादी पार्टी एकमत नभएका कारण कुनै निष्कर्ष निकाल्न नसकिएको नेताहरुले बताएका छन् । बैठकबाट बाहिरिने क्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कुन विकल्पमा जाने भन्नेमा अझै अन्योल रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले छलफल गरि कुनै निष्कर्ष निस्केन । दिउँसो ३ बजे कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ। त्यहीँबाट निष्कर्ष निकालिनेछ।’