राजनीति

प्रचण्डले भने : अब विकल्प धेरै छन्


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब धेरै विकल्प भएको बताउनु भएको छ । नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा भाग लिई शेरबहादुर निवास बूढानीलकण्ठबाट फर्कदै गर्दा यस्तो प्रतिक्रिया दिएका हुन् ।
बैठकले अहिले नै के गर्ने भन्ने विषयमा कुनै निर्णय नगरेको र थप छलफल चलिरहेको प्रचण्डले बताएका छन् । ‘छलफल चलिरहेको छ। विकल्प धेरै छ। विकल्पमाथि छलफल भइरहेको छ। सायद एकछिनपछि निर्णयमा पुग्छौं,’ उनले भने।

राष्ट्रपतिले नयाँ सरकार बनाउन दिएको समय आज अपरान्ह ५ बजे सकिँदैछ।