राजनीति

कांग्रेसद्वारा सर्वदलीय बैठक आह्वान


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ। बैठक ११ः३० बजे भएको हो ।
आज बिहान सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकले संविधान र लोकतन्त्र रक्षाका लागि छलफल गरी आवश्यक रणनीति तय गर्नुपर्ने भएकोले अन्य दलहरूसँग छलफल गर्नका सर्वदलीय बस्न लागिएको हो।

‘प्रधानमन्त्रीले राजीनामा दिएका छैनन्। राष्ट्रपतिले थोरै समय दिएर अर्को सरकार गठन गर्ने भनेर जालसाँझी भइरहेको छ,’ उनले भने, ‘संविधान बचाउन सबै पार्टीसँग हामी अहिले कुरा गर्दैछौं। अनि ठोस कदम चाल्छौं।’ वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो साँझ दलहरुलाई नयाँ सरकार गठनका लागि गरिएको आह्वान असंवैधानिक भएको भन्दै कांग्रेसले आपक्ति जनाएको छ । राष्ट्रपतिको कदमविरूद्ध कांग्रेस एकमत भएर उभिने पनि पौडेलले बताए।

प्रधानमन्त्रीलाई अविश्वास प्रस्ताव, राष्ट्रपतिविरूद्ध महाअभियोगजस्ता कुरामा जान सकिने संकेत कांग्रेसको छ।