कोरोना विशेष

बढि संक्रामक मानिएको नयाँ भेरियन्टमा खास के छ त ?


काठमाडौँ – कोरोना भाईरस संक्रमणका कारण विश्व नै प्रभावित बनेको छ । नेपाल पनि यो भाइरसबाट अछुतो बन्न सकेको छैन् । हाल नेपालमा सक्रिय रहेको कोरोना भाइरसको रुप तेस्रो भेरियन्ट भएको सरकारले नै पुष्टि गरेको छ । बढि संक्रामक मानिएको यस भेरियन्टमा खास के छ त ?

नेपालमा हाल फैलिरहेको कोरोना भाइरसको नयाँ भेरियन्ट पहिलेभन्दा बढी संक्रामक भएको भन्दै थप सतर्क हुन आग्रह चिकित्सकहरुको आग्रह छ । सरकारले नेपालमा देखिएका दुई मध्ये बी १.१६७.२ बढि संक्रामक रहेको जनाएको छ । यसलाई कोरोनाको तेस्रो भेरियन्ट मानिएको छ । तेस्रो भेरियन्ट भन्नाले हाल नेपालमा आक्रामक रुपमा फैलिरहेको भन्दा फरक भेरिन्ट होइन ।

चीनको वुहानमा भेटिएको कोरोनाको प्रकार विभिन्न देशमा पुग्दा म्युटेसन भएर केहीनयाँ रुपमा फैलिरहेको छ । जस्तो कि बेलायत, ब्राजिल र भारतमा कोरोनाले नयाँ रुप धारण गरेको छ । तर यसको मूल विशेषतामा चाहिँ परिवर्तन आएको छैन । सबै म्युटेसनले कोभिड १९ भन्ने रोग सिर्जनागर्ने र त्यसले फोक्सो बिगार्ने मूल विशेषता पाइएको छ । तेस्रो भेरियन्टको कोरोना भाइरस हाल भारत र नेपालमा बढि मात्रामा फैलिरहेको छ ।

नेपालमा कति प्रकारका कोरोनाका भेरियन्ट फैलिएका छन् भन्ने यसअघि अध्ययन भएको थिएन । सरकारले कोरोनाको जिन सिक्वेन्सिंग गराउन नमुना भारत पठाएपछि थप नयाँ दुई प्रकार फैलिएको पुष्टि भएको हो । यो भाइरस बेलायतमा पत्ता लागेको भेरियन्टभन्दा अझै ४० देखि ५० प्रतिशत बढी संक्रामक रहेको देखाएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेलले बताए ।

पुरानो भेरियन्टलाई आधार बनाएर तयार गरिएको कोरोनोको खोपले नयाँ भेरियन्टमा काम गर्छ कि गर्दैन ? भन्ने पनि स्पष्ट छैन । खोप लगाएका मानिसहरुमा कोरोना संक्रमण भए पनि ती मानिसहरु गम्भीर अवस्थामा नपुगेका आधारमा नयाँ भेरियन्टमा पनि खोप प्रभावकारी रहेको विश्वास गरिएको छ । तथापी सचेतना अनपाउन अरुरी रहेको स्वास्थ्य मन्त्रालयको आग्रह छ ।

वुहानको कोरोनाभन्दा बढी संक्रामकनयाँ भेरियन्टहरु छन् भन्ने दावी वैज्ञानिकहरुको छ । कतिपयले नयाँ भेरियन्ट १० देखि १ हजार गुणासम्म बढी संक्रामक रहेको उल्लेख गरेका छन् । कुनैपनि उमेरलाई यो भाइरसले छोड्दैन भन्ने अप्रत्यक्ष रुपमा देखिन्छ ।
त्यसैले भौतिक दुरी कायम गर्ने, मास्कको प्रयोग गर्ने तथा सरसफाई लगायतका जनस्वास्थ्यको मापदण्ड पालना गरेर मात्रै तेस्रो भेरियन्टबाट बच्न सकिन्छ ।