राजनीति

कांग्रेसले पदाधिकारी बैठक बोलायो


काठमाडौँ – नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । शुक्रबार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारीसहितको बैठक बोलाएको हो । राष्ट्रपतिले वैकल्पिक सरकार गठनका लागि शुक्रबार ५ बजेसम्मको समय दिएपछि कांग्रेसले बैठक बोलाएको हो ।

देउवा निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ९ बजे पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीलाई बैठकका लागि बोलाइएको ​देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।