राजनीति

राष्ट्रपतिद्वारा शपथसम्बन्धी अध्यादेश जारी


काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा शपथसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार मन्त्रिपरिषदको सिफारिसमा उहाँले शपथसम्बन्धी अध्यादेश २०७८ जारी गर्नुभएको हो ।

वैशाख ३१ मा प्रधानमन्त्रीको शपथ विवादमा तानिएको थियो । शपथमा प्रधानमन्त्री ओलीले प्रतिज्ञा गर्छु भन्ने शब्द उच्चारण नगरेको विषयमा सर्वोच्चमा मुद्दा परेको छ । सो मुद्दामा अदालतले अन्तरिम आदेश नदिएपछि १५ दिनभित्र जवाफ दिन आदेश जारी गरेको सन्दर्भमा त्यही विषयलाई केन्द्रीत गरेर अध्यादेश ल्याइएको बुझिएको छ ।

राष्ट्रपति भण्डारीले बिहीबार नै कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ पनि जारी गर्नुभएको छ ।