राजनीति

प्रधानमन्त्री ओलीलाई भेट्न महन्थ र राजेन्द्र बालुवाटारमा


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । अन्य सरकारमा नजाने तर आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भावना भए त्यसको बारेमा छलफल गर्ने निर्णय गरेसँगै प्रधानमन्त्री अ‍ोलीले छलफलका लागि जसपा नेपालका महन्थ ठाकुरलाई बालावाटार बोलाएको स्रोतले जनाएको छ ।

अध्यक्ष ठाकुरका साथमा जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतो पनि बालुवाटार पुगेका छन् । अध्यक्ष ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच गत जेठ ४ गते आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भावना भए त्यसको बारेमा छलफल गर्नेलगायत आठ बुँदे सम्झौता भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबारको मन्त्रिपरिषद् बैठकबाट विश्वासको मत नलिइ ७६ (५) को सरकार बनाउने विकल्प खुला गर्ने निर्णय गरेसँगै नेताद्वय ठाकुर र महतो बालुवाटार प्रवेश गरेका हुन्।