राजनीति

राष्ट्रिय सभाको उपनिर्वाचनको मतगणना जारी, साढे ६ बजेसम्म परिणाम आइसक्ने


काठमाडौँ – राष्ट्रिय सभाको उपनिर्वाचनको मतगणना जारी छ । राष्ट्रिय सभा सदस्यका लागि बागमती प्रदेशमा आज भएको निर्वाचनको मत गणना सुरू भएको स्वतन्त्र उम्मेद्वार खिमलाल देवकोटाले जानकारी गराउनुभयो ।

आज बेलुकी साढे ६ बजेसम्म मतपरिणाम आइसक्ने देवकोटाले बताउनुभयो । राष्ट्रियसभाको उपनिर्वाचनका लागि तीन जनाको उम्मेद्वारी परेको थियो ।

एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल, कांग्रेस–माओवादी र एमाले बरिष्ठ नेता माधवकुमार नेपाल पक्षको समर्थनमा स्वतन्त्र उम्मेद्वार खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ उम्मेद्वार बनेका छन् ।