राजनीति

राष्ट्रिय सभा उपनिर्वाचनमा ९७ प्रतिशत मत खस्यो, कस्ले मार्ला बाजी ?


काठमाडौँ – बाग्मती प्रदेशको राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि बिहीबार भएको मतदानमा ९७.४० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । मकवानपुरको हेटौंडास्थित भुटनदेवी उच्चमाविको प्राङ्गणमा बिहान ९ बजेदेखि मतदान सुरु भएको थियो ।

निर्वाचन आयोगले दिएको दिउँसो ३ बजेसम्मको समयमा ९७.४० प्रतिशत मत खसेको छ । योसँगै मतदानको समय सकिएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठले ४ जना प्रदेश सांसद र ५ जना स्थानीय तहका अध्यक्षरउपाध्यक्ष निर्धारित समयमा मतदान गर्न नआएको जानकारी दिनुभयो ।

प्रदेश सांसदतर्फ १०९ र स्थानीय तहका २३८ मतदाता गरी कुल मतदाता ३४७ छन् । तर ९ जना मतदाता उपस्थित भएनन्। त्यसमध्ये विवेकशील साझाका ३ जनाले मतदान नै नगर्ने घोषणा गरेका थिए । ११० सदस्य रहेको प्रदेश सभामा दोलखाका सांसद पशुपति चौलागाईंको गत साता निधन भएपछि प्रदेश सभातर्फ १०९ मतदाता रहेका थिए ।

अब सर्वदलीय बैठक राखेर केही घण्टापछि नै मतगणना सुरु गर्ने उहाँले बताउनुभयो । नेकपा एमालेका नेता रामबहादुर थापाले माओवादी पार्टी परित्याग गरेपछि रिक्त रहेको स्थानमा सो उपनिर्वाचन भएको हो ।

निर्वाचनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट थापा नै उम्मेदवार छन् भने एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट डा. खिमलाल देवकोटाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

उनलाई नेपाली कांग्रेस र माओवादी केन्द्रको साथ छ । माओवादीले डा। देवकोटालाई मतदान गर्न ह्विप नै लगाएको थियो । यस्तै नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०बाट कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन् । आजै नतिजा सार्वजनिक गर्ने तयारी छ । प्रमुख निर्वाचन अधिकृत न्यायाधीश श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको छ ।