राजनीति

प्रधानसेनापति थापा पुगे बालुवाटार


काठमाडौँ – प्रधानसेनापति पूर्णचन्द्र थापा बालुवाटार पुगेका छन् । एमालेको स्थायी कमिटी बैठक जारी रहेका बेला उनी बालुवाटार पुगेका हुन् ।

स्थायी कमिटी बैठकपछि बस्नेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक पनि डाकेका छन् । त्यसबाट लिने कुनै निर्णयबारे परामर्शका लागि ओलीले थापालाई बालुवाटार बोलाएको हुनसक्ने आकलन गरिएको छ । कोरोना महामारी बढ्दै जाँदा सरकारले स्वास्थ्य संकटकाल लगाउनुपर्ने माग बढिरहेको छ ।