राजनीति

सरकार भारतपरस्त हुदाँ नेपाली कोरोना खोप लाउनबाट बन्चित (भिडियोसहित)


काठमाडौँ – कोरोनाबाट जनता हायलकायल हुँदासम्म सरकारले खोप आयातमा कुनै चासो देखाएको छैन । अमेरिका र चीनजस्ता खोप उत्पादक राष्ट्रहरुले गरिब देशलाई खोप उपलब्ध गराउने घोषणा नै गरेपनि सरकार भने त्यतातिर चासो नदिइ खोपमा भारतकै भर परिरहेको छ । आफै कोरोनाले थलिएको भारतले नेपाललाई तत्काल खोप उपलब्ध गराउने कुनै सम्भावना छैन ।

कोरोना महामारी नियन्त्रणको एकमात्र उपाय मानिएको खोप आयातमा सरकारले देखाएको सुस्तताले नेपालीले कहिले खोप पाउने हुन अझै निश्चित छैन । तीन महिनाभित्र सबै नेपालीले खोप पाउने प्रधानमन्त्रीको घोषणामा भूत भनिएका विचौलियाहरुले तुषारापात गरिदिएपछि सरकारले नयाँ कदम चाल्न नसकेको हो । यो बीचमा खोप उत्पादक राष्ट्र अमेरिकाले ६ सातामा ८ करोड कोरोना खोप अन्य मुलुकलाई दिने घोषणा गरिसकेको छ । कुनकुन देशलाई दिने भनेर प्रष्ट नपारिएको उक्त खोप सरकारी तबरबाट प्रयास भए नेपालले पनि पाउन सक्छ ।

यता चीनले पनि नेपाललाई २० लाख सिनोफार्मको भेरोसेल खोप उपलब्ध गराउनसक्ने प्रतिबद्धता दिएको छ । त्यतिमात्र नभएर त्यसबाट अपुग खोप सहुलियतमा उपलब्ध गराउनसक्ने समेत जनाएको छ । तर संकटको बेला सरकार किन भारत छोडेर अन्य खोप उत्पादक मुलुकसँग खोपका लागि पहल गरिरहेको छैन ? यता सरकारले मुख ताकेर बसेको भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटले भने तत्काल खोप निर्यात नगर्ने संकेत गरेको छ । कोभिशिल्ड खोप उत्पादक सो कम्पनीले एक विज्ञप्ति जारी गर्दै भारतको खोप अभियानलाई प्राथमिकतामा राखेकाले तत्काल निर्यात नगरिने बताएको हो ।

खोप खरीदका लागि रकम बुझाइसकेका देशको विषयमा विज्ञप्तीमा प्रष्ट रुपमा उल्लेख नभएपनि नेपालमा आउने खोप पनि रोकिने सम्भावना बढेको छ । तर अब खोप अन्य देशबाटै ल्याउनु पर्छ भन्ने विश्वास सरकारमा अझै देखिन्न । यो बीचमा स्वास्थ्य सेवा विभागले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुतनिक भी खरिदका लागि सम्बन्धित कम्पनीलाई प्रस्ताव पठाएको छ । तर चीनको भेरोसेल खोप उत्पादन गर्ने कम्पनीमा भने खरिदको प्रस्ताव गर्न ठेगाना नै पत्ता लाग्न बाँकी रहेको विभागको भनाई छ  ।

फलत: अबसर हुँदा टुलुटुलु हेर्ने अनि समय घर्किएपछि थाप्लोमा हात लाउने सरकारको प्रवृतीले यो पल्ट पनि खोप पाउने अवसरबाट आम नागरिक बन्चित बन्ने देखिएको छ । अहिले १४ लाख ५० हजारभन्दा बढी व्यक्ति दोस्रो डोज खोप पर्खिरहेका छन भने सबैभन्दा जोखिममा रहेका बृद्धवृद्धाले अझै खोप लाउन पाएका छैनन् । पहिलो लटमा अनुदानमा दिएको ८ लाख खोप लाई आपत्कालीन प्रयोग गर्न स्वीकृति दिन विलम्ब गर्दा नेपाललाई फेरि सहयोग गर्न चीन झस्किएको छ ।

नेपालको उच्च तहबाट चासो नराख्दा थप खोप दिन उसले तत्परता देखाएको छैन । तर सरकार भने अझै अन्य देशबाट भन्दा भारतबाट खोप ल्याउन पाए सहज हुने सोचमा छ । सरकारको यहि भारतपरस्त सोच कै कारण नेपालमा कोरोना विरुद्धको खोप अभियानमा दिदाँ नखाने राति कोल चाट्ने अवस्था आउने देखिएको