देश

लम्जुङ्गमा भूकम्प जाँदा एक घाईते, दर्जनौ घरमा क्षति


काठमाडौँ – बुधबार बिहानै लम्जुङ्गलाई केन्द्रविन्दु बनाएर भूकम्प जाँदा एक महिला घाईते भएकी छिन् । उनलाई अहिले उपचारका लागि बेशीशहरको सामुदायिक अस्पतालमा लगिएको छ ।

भूकम्पले बेशीशहर नगरपालिका–६ चनौटो निवासी उमा गुरुङ घाइते भएकी हुन् । अहिलेसम्ममा आएको जानकारी अनुसार त्यहाँ दर्जनभन्‍दा बढी घरहरू भत्किएका छन् । विशेष गरी त्यहाँका पुरान घर र टहरामा बढी क्षति पुगेको छ ।
एकबिहानै आएको भूकम्पले त्यहाँ तनावको स्थिति सिर्जना भएको थियो । सबै मानिसहरु भागदौड गरिरहेका थिए । अहिले भने स्थिति सामान्य बन्दै गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ५ बजेर ४२ मिनेटमा लमजुङको भुलभुलेलाई केन्द्रविन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो। सो भूकम्प जमिनको सतहभन्दा १५ किलोमिटर गहराईमा रहेका छ । भूकम्पको ठुलो धक्का काठमाडौं पोखरा चितवनलगायतका जिल्लाहरुमा पनि महसुस गरिएको थियो ।