देश

एकबिहानै लम्जुङ्ग केन्द्रविन्दु भएर भूकम्पको धक्का


काठमाडौँ – बुधबार बिहानै नेपालको विभिन्न जिल्लामा भूकम्पको महसुस गरिएको छ । लम्जुङ्गको भुलभुले आसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज बिहान ५ बजेर ४२ मिनेटमा भूकम्प गएको राष्‍ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

मापन केन्द्रका अनुसार ५.८ रेक्टर स्केलको भूकम्प गएको हो । जमिनको सतहभन्दा १५ किलोमिटर गहराईमा रहेका छ । भूकम्पको ठुलो धक्का काठमाडौं पोखरा चितवनलगायतका जिल्लाहरुमा महसुस गरिएको थियो । भूकम्पपछि पनि त्यहाँ ३ पटकभन्दा बढीसम्म पराकम्प गइरहको थियो । धक्कापछि केही मानिसहरु सडकमा पनि निस्किएका थिए । भूकम्पबाट के कति भौतिक वा मनवीय क्षति भयो भन्ने बारे अहिलेसम्म कुनै विवरण आएको छैन ।