राजनीति

अक्सिजन सिलिन्डर सांसद र नेताका घरमा राखिएको विषय छानविन हुनुपर्छ : वर्षमान पुन


काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चीनबाट प्राप्त भएका अक्सिजन सिलिन्डर सांसद र नेताका घरमा राखिएको विषय छानविन गर्नुपर्ने बताउनुभएको छ ।

नेता पुनले चीनबाट प्राप्त सिलिन्डर सत्तारुढ दलका नेता, सांसद र आफन्तको घरमा राखिनु वा पहुँचको आधारमा वितरण गर्नु राज्य शक्तिको दूरूपयोग भएको भन्दै छानविन गर्न माग गर्नुभएको हो ।

यदि अक्सिजन सिलिन्डर सांसद र नेताका घरमा राखिएको भए यो भ्रष्टाचार भएको पनि उहाँले बताउनुभयो । साथै, सरकारले सिलिन्डर कहाँ, कसरी वितरण गरियो भन्ने सार्वजनिक गर्नुपर्ने उहाँको भनाई छ ।