कोरोना विशेष

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई कोरोना संक्रमण


काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा वैशाख २७ गते गरिएको परीक्षणमा उहाँलाई संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ।

सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डा. शेरबहादुर कमरको निगरानीमा होम आइसोलेसनमै मुख्यमन्त्रीको उपचार भइरहेको उहाँको सचिवालयले जनाएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।