कोरोना विशेष

कोरोना संक्रमणले दाङमा वडाध्यक्षको निधन


काठमाडौँ – कोरोना भाइरसको संक्रमणका कारण दंगीशरण गाउँपालिकाका–३ का वडाध्यक्ष पूणर्बहादुर चौधरीको निधन भएको छ । बाँकेको कोहलपुरमा उपचार क्रममा उहाँको निधन भएको गाउँपालिका अध्यक्ष भागीराम चौधरीले जानकारी दिनुभयो ।

एक साताअघि संक्रमण पुष्टि भएको उहाँको सोमबार बिहान निधन भएको हो । उहाँ नेपाली कांग्रेसबाट निर्वाचित हुनुहुन्थ्यो । वडाध्यक्ष चौधरीको निधनप्रति गाउँपालिकाले दुःख व्यक्त गरेको छ ।

त्यस्तै दाङ तुलसीपुरका अर्का एक जनप्रतिनिधिको पनि निधन भएको छ। तुलसीपुर उपमहानगरपालिका–१३ का वडासदस्य केशरलाल चौधरीको आइतबार ११ बजे ४४ वर्षको उमेरमा निधन भएको हो ।