कोरोना विशेष

स्पेनले नेपाललाई स्वस्थ्य सामग्री सहयोग गर्ने


काठमाडौँ – स्पेन सरकारले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको छ । स्पेनस्थित नेपाली राजदूत दावाफुटी शेर्पाका अनुसार महामारीविरुद्ध स्पेनसँग सहयोग मागेको र त्यसप्रति स्पेनिस सरकार सकारात्मक देखिएको उनले बताएकी छिन् । राजदूत शेर्पाले ट्वीट गर्दै नेपालमा कोरोना भाइरस संक्रमण भयावह बन्दै गएपछि महामारविरुद्ध स्पेनले सघाउन लागेको जनाएकी हुन् ।

राजदूत शेर्पा र स्पेनी सरकारका अधिकारीसहितको विमान नेपालमा अत्यावश्यक मेडिकल सामाग्रीसहित बुधवार त्यहाँबाट काठमाडौंतर्फ आउन लागेको दूतावास स्रोतले जनाएको छ । विमान पनि स्पेन सरकारले नै चार्टर्ड गर्न लागेको हो ।

नेपाली दूतावासले नेपाल आएका बेला अड्किएका गैरआवासीय नेपालीको विवरण समेत संकलन गरिरहेको बताइएको छ । राजदूत शेर्पाले नेपाललाई सहयोगका लागि स्पेन सरकार र त्यहाँका गैरसरकारी निकायहरुसँग पनि पहल गरिररहेकी छन् ।