खेलकुद

ला लिगा : एट्लेटिको कठिन जित


काठमाडौँ – एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ । हिजो भएको खेलमा म्याड्रिडले ओसासुनालाई २–१ ले उपाधि नजिक पुगेको हो ।

एट्लेटिकोको घरेलु मैदानमा भएको खेलमा एन्टे बुडिमिरले ७५औं मिनेटमा गोल गर्दै ओसासुनालाई अग्रता दिलाएका थिए । त्यसअघि ५९औं मिनेटमा एट्लेटिकोका स्टेफान साभिकले गोल गरे पनि भिएआरले त्यसलाई मान्यता दिलएन ।

एक गोलले पछि परेको एट्लेटिकोका लागि ८२औं मिनेटमा रेनान लोडीले बराबरी गोल फर्काए । त्यसपछि ८८औं मिनेटमा लुइस सुआरेजले निर्णायक गोल गर्दै एट्लेटिकोलाई २–१ को जित दिलाए । जितपछि एट्लेटिकोको ३७ खेलबाट ८३ अंक छ । दोस्रो स्थानको रियलको समान खेलबाट ८१ अंक छ ।

त्यस्तै रियलले नाचो फर्नान्डेजको गोलमा एथलेटिक बिलबाओलाई १–० ले हरायो । बार्सिलोना भने घरमा सेल्टा भिगोसँग २–१ ले पराजित रह्यो । यससँगै उसको लिग उपाधिमा चुनौती समाप्त भएको छ । बार्सिलोना ७६ अंकसाथ तेस्रो स्थानमा छ ।

अब अन्तिम चरणमा एट्लेटिकोले रियल भाल्लोडोलिडसँग उसैको मैदानमा खेल्नेछ । रियलले भने घरेलु मैदानमा भियारियालसँग खेल्नेछ । एट्लेटिकोले जित हात पारे स्वत च्याम्पियन बन्नेछ ।